कोरोनाका ५६८ जना नयाँ संक्रमित थपिए, १ को मृत्यु

राष्ट्रपाटी न्युज

९ श्रावण २०७९

काठमाडौं । देशभर पछिल्लो चौबिस घण्टामा कोरोना भाइरसको ५६८ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोना भाइरस संक्रमणका कारण एकजनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८४ जनाको पीसीआर र १ हजार ७१६ जनाको एन्टीजेन विधि गरी कुल ४ हजार ८ सयको स्वास्थ्य परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

त्यसैगरी बितेको चौबिस घण्टामा ९५ जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ३ हजार ५३४ रहेको मन्त्रालयले जनाएको छ ।


Published :९ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media