हजयात्रा भ्रष्टाचारको छानबिन गर्न संसदीय समितिको निर्देशन

राष्ट्रपाटी न्युज

९ श्रावण २०७९

काठमाडौं । प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिका सदस्यहरुले हजयात्रामा भ्रष्टाचार भएको आरोप लगाएपछि समितिले छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

मुस्लिम आयोगको आर्थिक वर्ष २०७७/०७८ को बार्षिक प्रतिवेदनमाथि छलफल गर्न बोलाइएको बैठकमा सांसदहरुले हजयात्रामा पठाउने क्रममा अनियमितता भएको बताएका हुन् । सोही आधारमा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन गर्न निर्देश गरेको हो ।

‘हजयात्रा व्यवस्थापनका सम्बन्धमा भएको खर्च लगायतको विषयमा भएको भनिएको अनियमिततामाथि अनुसन्धान गरी निष्कर्षमा पुग्न समितिको यो बैठक अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देश गर्दछ’, समितिको निर्णयमा छ ।

यसैगरी, समितिले हजयात्रा व्यवस्थापनमा मुस्लिम आयोगको नेतृत्वदायी भूमिका नहुनुको कारण जानकारी गराउन मुस्लिम आयोगलाई भनेको छ ।


Published :९ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media