मूल्यवृद्धिको विरोधमा थाल ठटाएर प्रदर्शन

राष्ट्रपाटी न्युज

११ श्रावण २०७९

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले आज भृकुटीमण्डपदेखि माइतीघरसम्म थाल, चम्चा ठटाएर विरोध प्रदर्शन गरेको छ ।

पार्टीको घोषित कार्यक्रमअनुसार मूल्यवृद्धि, बलात्कार, महिला हिंसा, नागरिकता विधेयकलगायतको विरोध गर्दै विरोध प्रदर्शन गरिएको हो ।

आज देशैभर राप्रपा समर्थित महिला संगठनले विरोध प्रदर्शन गरिरहेको छ। काठमाडौँको विरोध प्रदर्शनमा केही रोचक दृश्यहरूसमेत देखिएका छन् ।


Published :११ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media