२३.८३ अंकले बढ्यो नेप्से

राष्ट्रपाटी न्युज

११ श्रावण २०७९

काठमाडौँ । बुधबार नेप्से सूचक २३.८३ अंकले बढेर २१११.९९ विन्दुमा पुगेको छ भने ५ अर्ब १६ करोड १४ लाख ५५ हजार १४१ रुपैयाँ बराबरको ७५ लाख ८ हजार १८८ कित्ता शेयर कारोबार भएको छ ।

बुधबार फाइनान्स र हाइड्रोपावर कम्पनीहरुमा नै लगथानीकर्ताको बढी आकर्षण देखिन्छ । विकास बैंक,माइक्रोफाइनान्स र अन्य उपसमूहका कम्पनीहरुमा पनि लगानीकर्ताको आकर्षण केही बढेको देखिन्छ ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमा व्यापार बाहेक १२ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ जसमा फाइनान्स उपसमूहको सबैभन्दा धेरै ४.१३ प्रतिशतले बढेको छ ।

बुधबार जानकी फाइनान्स, युनाइटेड मोदि र राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने नेश्डो लघुवित्तको ९.९७ प्रतिशत र जाल्पा सामुदायीक लघुवित्तको ९.८४ प्रतिशतले बढेको छ ।

यस दिन उच्च दरमा शेयरमूल्य घट्नेमा धेरै म्युचुअल फण्ड रहेका छन्। भरखरै दोस्रो बजारमा कारोबार सुरु भएको कुमारी धनबृद्धि योजनाको इकाइमूल्य १० प्रतिशतले घटेको छ भने नविल ब्यालेन्स फण्ड ३ को पनि ३.२३ प्रतिशतले घटेको छ ।

बुधबार पनि शिवम सिमेन्टको सबैभन्दा धेरै १७ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अरुण कावेली हाइड्रोपावरको १२ करोड ३५ लाख, गोर्खाज फाइनान्सको ८ करोड ९२ लाख र नेश्डो लघुवित्तको ८ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।


Published :११ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media