८०० बढ्यो सुनको मूल्य

राष्ट्रपाटी न्युज

१२ श्रावण २०७९

काठमाडौं । सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोलामा ८०० रुपैयाँले बढेको हो ।

बुधबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भैरहेको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

महासंघका अनुसार बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला ३० रुपैयाँले बढेर प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Published :१२ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media