एचआईभीको औषधि सहज रूपमा उपलब्ध गराउन माग

राष्ट्रपाटी न्युज

१२ श्रावण २०७९

काठमाडौँ । राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपालले सहज रूपमा औषधि उपलब्ध गराउन माग गरेको छ।

बुधबार महासंघको टोलीले राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रलाई ज्ञापनपत्र बुझाएर सहज रूपमा औषधि उपलब्ध गराउने व्यवस्था गर्न आग्रह गरेको हो । महासंघका अध्यक्ष खगेन्द्र खड्का नेतृत्वको टोलीले सरकारी लापरबाहीले सङ्क्रमितको ज्यान समेत गइरहेको जनाउँदै ध्यानाकर्षण गराएको हो ।

सङ्क्रमितहरूले खाने एआरभी वितरणमा केन्द्रले नै अवरोध गरिरहेको उनीहरूले आरोप लगाए । जसले गर्दा केही जिल्लामा औषधि नपुगेको र सङ्क्रमितले औषधि खान नपाएको महासंघले जनाएको छ ।

त्यस्तै, कास्की र सुनसरीमा हेपाटाइटिस–सी भएका सङ्क्रमितको उपचार गर्ने तयारी भएको थियो । तर, केन्द्रकै लापरबाहीले समयमै औषधि नपाउँदा दुईजनाको ज्यान गएको महासंघद्वारा जारी ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

यस्तो छ महासंघद्वारा जारी ज्ञापन पत्र


Published :१२ श्रावण २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media