दक्षिण कोरियामा एकैदिन ८५ हजार बढीमा कोरोना पुष्टि, ३५ जनाको मृत्यु

राष्ट्रपाटी न्युज

१३ श्रावण २०७९

काठमाडौं । दक्षिण कोरियामा २४ घण्टाको समयावधी अर्थात बिहीबार मध्यरातसम्म ८५ हजार ३ सय २० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

यसैसँगै यहाँका कुल सङ्क्रमितको सङ्ख्या १ करोड ६२ लाख ५ सय १७ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन्। अघिल्लो दिनको तुलना केही मात्रामा कोभिड सङ्क्रमण घटेको जनाइएको छ । तर यो एक हप्ताअघि ६८ हजार ५ सय ९७ को तुलनामा बढेको कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी जानकारी दिएको छ ।

नयाँ केसहरू मध्ये, ४ सय ३९ जना आयातित रहेको जनाइएको छ । यद्यपी ४३ हजार ५ सय ३८ जना कोरोना मुक्त भएका छन् ।

गम्भीर अवस्थामा रहेका सङ्क्रमितको संख्या अघिल्लो दिनको तुलनामा ३८ जनाले बढेर २३४ पुगेको छ । यस अवधीमा थप ३५ जनाको मृत्यु भएपछि मृत्यु हुनेको कुल सङ्ख्या २४ हजार नौ सय ९२ पुगेको छ । कुल मृत्यु दर ०।१३ प्रतिशत रहेको छ । (रासस)


Published :१३ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media