थप ५७७ जनामा कोरोना संक्रमण, दुईजनाको मृत्यु

राष्ट्रपाटी न्युज

१३ श्रावण २०७९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५७७ जना कोरोना संक्रमित थपिएका छन् ।

सोही अवधिमा थप दुईजनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६४ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४ हजार २८२ नमुना परीक्षण गर्दा ५७७ जना कोरोना संक्रमित थपिएमा हुन् ।

जसमध्ये २ हजार ४७४ जनाको पीसीआर परीक्षण गर्दा ३९१ जना र १ हजार ८०८ जनाको एन्टिजेन परीक्षण गर्दा १८६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार ३५६ पुगेको मन्त्रालयले जनाएको छ ।


Published :१३ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media