थप ४३८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

राष्ट्रपाटी न्युज

१४ श्रावण २०७९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४३८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६९९ परीक्षणमा ४३८ जना संक्रमित थपिएका हुन् ।

१ हजार ७७९ पीसीआर परीक्षणमा २९२ जना र १ हजार ९२० एन्टिजेन परीक्षणमा १४६ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७७ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ३६९ रहेको छ ।

सक्रिय संक्रमितमध्ये चार हजार २१८ जना होम आइसोलेसनमा र १५१ जना संस्थागत आइसोलेनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३३ जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा रहेका छन् ।

कोरोना संक्रमणका कारण हालसम्म नेपालमा ११ हजार ९६६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


Published :१४ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media