भोलिदेखि पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन

राष्ट्रपाटी न्युज

१५ श्रावण २०७९

काठमाडौँ । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले भोलिदेखि आन्दोलन गर्ने भएका छन् ।

देशभरका पेट्रोलियम ढुवानी व्यवसायी भाडा समायोजन नगरेको भन्दै आन्दोलित भएका हुन् । उनीहरुले भाडा समायोजनका लागि आजसम्मको समयसीमा दिएका थिए ।

यही साउन ६ गते बसेको महासंघको बैठकले १५ गतेसम्म ढुवानी भाडा वृद्धि गर्न माग गरेको थियो । तर आजसम्म माग पूरा नभएपछि भोलिदेखि हवाई इन्धन ढुवानी गर्ने ट्यांकरले देशभर पीडीओ नलिने र लोड नगर्ने भएका छन् । त्यस्तै २० गतेबाट राज्यभरका सम्पूर्ण पेट्रोलियम ढुवानी ट्यांकरले पीडीओ नलिने र लोड नगर्ने भएका छन् । २१ गतेबाट सबै ट्यांकर लोड र अनलोड नगर्ने महासंघले निर्णय गरेको छ ।

 


Published :१५ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media