थप ६२० जनामा कोरोना संक्रमण, एकको मृत्यु

राष्ट्रपाटी न्युज

१५ श्रावण २०७९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६२० जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा २ हजार ६९१ पीसीआर र ३ हजार १९५ जनाको एन्टीजेन परीक्षणका क्रममा ६२० जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा २९७ जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ९ लाख ७ हजार ९२ पुगेको छ।

उक्त अवधिमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर हाल ४५६७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।


Published :१५ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media