घट्यो सुनको मूल्य

राष्ट्रपाटी न्युज

१६ श्रावण २०७९

काठमाडौँ । सोमबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारको मूल्य तोक्दै मूल्य घटेको जानकारी दिएको हो ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको महासंघले जनाएको छ ।

जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ छ। हिजो आइतबार छापावाल सुनको मूल्य ९५ हजार ८०० र तेजाबी सुनको मूल्य ९५ हजार ३०० रुपैयाँ थियो ।

सुनको मूल्य घटेको दिन चाँदीको मूल्य पनि घटेको छ। महासंघले आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १२ सय २० रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ ।


Published :१६ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media