सिंहदरबारमा कर्मचारीको प्रदर्शन

राष्ट्रपाटी न्युज

१६ श्रावण २०७९

काठमाडौँ । निजामती सेवा ऐनमा सम्बोधन गर्न माग गर्दै सिंहदरबारमा कर्मचारीहरुले प्रदर्शन गरेका छन् ।

सोमबार बिहान उनीहरुले सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअगाडि प्रदर्शन गर्दै मन्त्रालय घेराउ गरेका हुन् ।

संघ, प्रदेश र स्थानीय तहमा एकरूपता कायम गर्न तहगत व्यवस्था निजामती सेवा ऐनमा राख्नुपर्ने उनीहरुको माग छ । साथै शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० तथा बढुवा ३० र आन्तरिक र अन्तरतहतर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम गर्नुपर्ने उनीहरूको भनाइ छ ।

सहसचिव र उपसचिव सरहको पदमा योग्यता पुगेका राजपत्र अनंकित कर्मचारीले पनि प्रतिस्पर्धा गर्न पाउनुपर्ने, सरुवा प्रणाली चक्रीय र पूर्वानुमानयोग्यजस्ता प्रावधान समावेश गर्दै संघीय निजामती सेवा ऐन जारी गर्नुपर्ने कर्मचारीहरुको भनाइ छ ।

सेवा सुरक्षा, पेशागत हित र वृत्ति विकासका मुद्दा अघि सारेर सरकारको ध्यानाकर्षण गर्न बाध्य भएको नेपाल निजामती कर्मचारी युनियनले जनाएको छ ।


Published :१६ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media