अभियान लघुवित्तको आइपीओ बुधबारदेखि खुल्ने

राष्ट्रपाटी न्युज

१६ श्रावण २०७९

काठमाडौँ  । अभियान लघुवित्तले १८ साउन बुधबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।

यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ । योमध्ये ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोष र  १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ ।

बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा २२ साउनसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यो आईपीओमा मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।


Published :१६ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media