थप ८९५ जनामा कोरोना संक्रमण, एकको मृत्यु

राष्ट्रपाटी न्युज

१६ श्रावण २०७९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८९५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार नौ सय नौ जनामा गरिएको नमूना परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् ।

नमूना परीक्षण गरिएकामध्ये तीन हजार ६ सय ८५ जनाको पिसीआर परीक्षण र २२ सय २४ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

पछिल्लो एक दिनमा संक्रमणका कारण एक जनाको ज्यान गएको छ । नेपालमा अहिले ४९ सय ३४ जना संक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।


Published :१६ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media