थप ८१४ जनामा कोरोना संक्रमण, २९९ जना संक्रमणमुक्त

राष्ट्रपाटी न्युज

१७ श्रावण २०७९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८१४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४१५ जनाको परीक्षणमा ८१४ जना संक्रमित थपिएका हुन् । जसमध्‍ये २ हजार ७६२ जनाको पीसीआर परीक्षण गर्दा ५०९ जना र २ हजार ६५३ जनाको एन्टीजेन परीक्षण गर्दा ३०५ जना संक्रमित थपिएका मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार १४४ पुगेको छ । पछिल्लो २४ घण्टामा २९९ जना संक्रमणमुक्त भएका छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३० हजार ९३८ पुगेको छ ।

पछिल्लो २४ घण्टा भित्र कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल ४ हजार ९८५ जना होम आइसोलेसनमा रहेका छन् भने १५९ जना संस्थागत आइसोलेसन र ३८ जना आईसीयूमा छन् ।


Published :१७ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media