सुनचाँदीको मूल्यमा गिरावट

राष्ट्रपाटी न्युज

१८ श्रावण २०७९

काठमाडौँ । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको हो । यससँगै छापावाल सुनको भाउ प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा आइपुगेको छ ।

तेजावी सुनको भाउ पनि ९४ हजार ८ सय रुपैयाँमा आइपुगेको छ । बुधबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १२१० रुपैयाँमा कारोबार भइरहेको छ ।


Published :१८ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media