पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै अनेरास्ववियुद्वारा आयल निगम घेराउ

राष्ट्रपाटी न्युज

१८ श्रावण २०७९

काठमाण्डौं । पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेपाल आयल निगम घेराउ गरेको छ ।

अनेरास्ववियु बागमती प्रदेश उपत्यका बिशेष कमिटीले नेपाल आयल निगमको कार्यालय, टेकुमा पेट्रोल, डिजेल र एल पि ग्यासको मूल्य अन्तर्रास्ट्रिय बजारमा समायोजन हुँदा पनि नेपालमा मूल्य समायोजन नभएको भन्दै विरोध प्रदर्शन गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलमा ३० डलर मूल्य घट्दा पनि आयल निगमले अहिलेसम्म मूल्य समायोजन गरेको छैन । इन्डियन आयल कर्पोरेसनले पेट्रोलमा एक महिनाभित्र प्रतिलिटर २८ रुपैयाँ घटेको सूची पठाइसकेको छ । तर, भारतमा मूल्य बढ्दा नेपालमा बढाउने आयल निगमले अहिलेसम्म मूल्य समायोजन नगरेपछि आमउपभोक्ता आन्दोलित भएका छन् ।

 


Published :१८ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media