एकैदिन थप ९१५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

राष्ट्रपाटी न्युज

१८ श्रावण २०७९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा अर्थात एकैदिन ९१५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । त्यस्तै सोही समयमा २ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २ जनाको परीक्षणमा ९१५ जना संक्रमित थपिएका हुन् ।

जसमध्‍ये ३ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा ५९० जना र २ हजार ९११ जनाको एन्टिजेन परीक्षण गर्दा ३२५ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ४३३ पुगेको छ । पछिल्लो २४ घण्टामा ३०१ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार ५ हजार २७५ जना होम आइसोलेसनमा रहेका छन् भने १५८ जना संस्थागत आइसोलेसन र ४३ जना आईसीयूमा छन् ।

यस्तै २ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३१ हजार ८५३ पुगेको छ ।


Published :१८ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media