थप ७६० जनामा कोरोना संक्रमण, एकजनाको मृत्‍यु

राष्ट्रपाटी न्युज

१९ श्रावण २०७९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७६० जना कोरोना संक्रमित थपिएका छन् भने १ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९२६ जनाको परीक्षणमा ७६० जना संक्रमित थपिएका हुन् ।

जसमध्‍ये २ हजार ५८९ जनाको पीसीआर परीक्षण गर्दा ४९४ जना र ३ हजार ३३७ जनाको एन्टिजेन परीक्षण गर्दा २६६ जना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६०२ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ३२४ जना संक्रमणमुक्त भएका छन् ।

५ हजार ४४० जना होम आइसोलेसनमा रहेका छन् भने १६२ जना संस्थागत आइसोलेसन र ४४ जना आईसीयूमा रहेका मन्त्रालयले जनाएको छ ।


Published :१९ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media