कुशुम कार्कीको चुनाव जित्ने र मन्त्री बन्ने चाहना !!!!

राष्ट्रपाटी न्युज

१९ श्रावण २०७९

काठमाडौं। सरकारले आगामी मङ्सिर ४ गते आमनिर्वाचनको घोषणा गरे संगै देशभर निर्वाचनको माहोल तातेको छ । काठमाडौं क्षेत्र नम्बर ४ मा त चुनावी ज्वरो धेरै माथि पुगिसकेको छ। नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेकपा एमालेका स्थाई कमिटि सदस्य डा राजन भट्टराई बीच रोचक प्रतिष्पर्धा हुने करिव निश्चित भएर पनि होला, यस क्षेत्रमा चुनावी रौनक बढी नै देखिएको छ । दुवै नेताहरुले बिभिन्न तरिकाले चुनावी अभियानहरु शुरु गर्दै छन् भने बिबिध बिषय संग जोडिएर तल्लो कार्यक्रता पंक्ति बीच आरोप प्रत्यारोप समेत चल्न शुरु भैसकेको छ। कपन डुवान समस्या ,फर्जी मतदाता नामावली दर्ता लगायतका बिषयहरु चुनावी मसला बनिरहेका छन्।

गत आम निर्वाचनमा नेकपा एमालेको तर्फबाट राजधानी काठमाडौंको क्षेत्र नम्बर ४ (ख) मा अत्याधिक मतसहित बिजयी भएका माननीय कुसुम कार्कीले आगामी निर्वाचनमा समेत चुनाव लड्ने संकेत गरेका छन्। हाल आन्तरिक परामर्शमा समेत रहेका उनले सबैले पुन निर्बाचन लड्न सुझाव दिएको भन्दै एकपटक फेरी जनतामा जान तयार रहेको संकेत गरेका हुन्। नेकपा एमालेको तर्फबाट अघिल्लो निर्वाचनमा अत्यधिक मत सहित निर्वाचित भएपनि पार्टी बिभाजन संगै एकीकृत समाजबादी तर्फ लागेका उनि केहि समय पछि पार्टी पुन एक हुने कुरामा विश्वस्त छन्।

नेपाली कांग्रेससंग यो निर्वाचनमा गठबन्धन हुने करिव निश्चित रहेको अबस्थामा आफूलाई पुन प्रदेश सदस्यको टिकट प्राप्त हुने कुरामा ढुक्क छन् उनि। खासगरी गठबन्धनको मुख्य आधार पहिला जितेको ठाउँमा जसले जितेको छ उसैले टिकट पाउने र एमालेले जितेको ठाउँमा भागबन्डा गरिने भन्ने रहेकोले पनि समाजवादीको तर्फबाट प्रदेश ख मा टिकट पाउनेमा उनि बिश्वस्त छन् । गगन थापा नेपाली कांग्रेसको तर्फबाट संघीय सांसदको उम्मेदवार बन्दै गर्दा उनको रोजाइमा कुसुम कार्की नै पर्छन भन्ने कुरामा उनि ढुक्क हुनु पनि स्वाभाविक नै हो।

सामाजिक संजाल र प्रेस जगतमा खासै देखा पर्न नरुचाउने उनको आफ्नै तर्क छ। जनताले आफूले गरेको कामको मुल्यांकन स्वत गर्ने भन्दै धेरै चर्चा परिचर्चामा आउँदा बिबादित समेत बन्नु पर्ने भएकाले उनि मौन बस्नुनै उपयुक्त ठान्छन। आफ्नो पुर्व पार्टी नेकपा एमाले प्रति उनको बिशेष आक्रोश छ। पार्टी बिभाजन गलत भएपनि एमाले अध्यक्ष केपी वलीको चरम महत्वकांक्षा र घमण्डका कारण यो अबस्था सिर्जना भएको उनको तर्क छ। अघिल्लो निर्वाचनमा आफू संग संगै संघीय साम्सद निर्वाचन लडेका एमाले नेता डा राजन भट्टराई प्रति संकेत गर्दै उनि भन्छन – उहाँको वौदिकता र ज्ञानलाइ केन्द्रिय स्तरमा नीति निर्माण तथा व्यावस्थापनमा प्रयोग गर्नु उपयुक्त हुन्छ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा बूढानिलकण्ठ नगरपालिकाको मेयर बन्न कम्मर कसेर लागेपनि  टिकट भने अन्तिम समयमा उद्दव खरेलले प्राप्त गरेका थिए। आफ्नो रोजाइ संधै स्थानीय सरकारको प्रमुख रहेर काम गर्ने भएपनि परिश्थिति र तत्कालिन पार्टी नेतृत्वले साथ नदिएकोमा उनको गुनासो छ। आफूले बूढानिलकण्ठ नगरपालिकाको नेतृत्व गर्न पाएको भए इतिहाँसले नबिर्सने गरि काम गर्ने योजना बनाएको र हाल खुलेर काम गर्ने अबस्था नरहेको उनको भनाइ छ। प्रदेश सभामा ५ बर्षको लागि चयन भएर गएपछि सोचेजति बिकास निर्माणको काम गर्न नसकेको स्वीकार गरेका छन् । प्रदेश साम्सदको काम कानुन निर्माण गर्ने भएकाले आफूले प्राप्त गरेको पर्यटनसंग सम्बन्धित जिम्बेवारीलाइ गम्भीर ढंगले पुरा गरेको दावी समेत गरेका छन्। आफूहरुले तयार गरेको कानुन सबैभन्दा उत्कृष्ट रहेको भन्दै प्रदेशमा ऐतिहासिक दस्तावेजहरु सुरक्षित रहेको उनको भनाइ छ।

आगामी राजनीतिक भविष्यको बारेमा कुरा गर्दै गर्दा उनि भन्छन ‘ प्रदेश साम्सद मात्र भएर होइन, केहि योजना र काम पूरा गर्न कम्तिमा मन्त्रि बन्नु पर्ने अबस्था रहेछ। कर्मचारीतन्त्रको चरम असहयोगले समेत काम गर्न धेरै चुनौती भएपनि अब सरकारमा सहभागी भएर मन्त्रालयको नेतृत्व लिनु अबको राजनीतिक योजना हो। ‘ यो गठबन्धन चुनाव पछि सरकार निर्माणसम्म रहने करिव निश्चित रहेकाले समाजवादीको तर्फबाट काठमाडौंमा थोरै साम्सदले जित्ने भएकाले पनि उनको मन्त्रि बन्ने सम्भावना तेतिकै छ।

यसै क्षेत्रबाट संघीय सांसदको उम्मेदवार बन्दै गरेका कांग्रेस महामन्त्री गगन थापाले समेत अब प्रधानमन्त्री बन्ने दौडमा रहेको घोषणा गर्नु र उनलाई अर्का महामन्त्री बिश्व प्रकाश शर्माले समेत समर्थन गर्नुले राजनीतिलाई नै तरंगित बनाइरहेको बेला अर्का गठबन्धनका सम्भावित उम्मेदवार कुशुम कुमार कार्कीको मन्त्रि बन्ने आकांक्षाले यस निर्वाचन क्षेत्रमा अर्को तरंग सिर्जना गरेको छ।

दुइ दुइ पटक यस क्षेत्रबाट निर्वाचन जितिसकेका गगन थापाका लागि समेत यो निर्बाचन जित्नु आफैंमा चुनौती पूर्ण त छदै छ , भर्खरै स्थानीय तहको निर्वाचनबाट नेपाली कांग्रेस भित्र देखा परेको आन्तरिक समस्या र पुरा हुन नसकेका जनताका अनेक चाहनाले उनलाई समेत गठबन्धन गर्नु र त्यसमा पनि एमालेको पकड क्षेत्र मानिने प्रदेश (ख) मा गठबन्धनको लागि सहि उम्मेदवार छान्नु अत्यन्त महत्वपूर्ण बिषय हो। यसै क्षेत्रका नेकपा एमालेका सम्भावित संघीय साम्सदका उम्मेदवार डा राजन भट्टराई आफैंमा उच्च राजनीतिक सम्भावना भएका व्याक्ति हुन्। विजय भएपछी कस्तो जिम्बेवारी लिने भनेर कुनै घोषणा नगरेपनि उनका अगाडी मन्त्रि बन्ने कुरा दावी गर्नु सामान्य जस्तै हो। भविष्यमा उपप्रधानमन्त्रि वा प्रधानमन्त्री बन्ने ढोका उनका लागि पनि खुला नै छ।

यसरि हेर्दा काठमाडौं क्षेत्र नम्बर ४ निर्वाचनको माहोलमा अत्यन्त महत्वपूर्ण र चर्चित क्षेत्र बनिसकेको छ। केन्द्रिय राजनीतिमा हावी युवा नेताहरु नै यस क्षेत्रमा चुनावी माहोलमा होमिएपछि हाल देशभर चलिरहेको स्वतन्त्र युवाको निर्वाचन लड्ने बिषय यस क्षेत्रको हकमा फिका बन्न पुगेको छ।

अन्त्यमा, केन्द्रिय स्तरबाट नै गठबन्धन बन्ने अबस्था सिर्जना हुनु , गठबन्धनको आधार समेत पहिले निर्वाचित क्षेत्र भएकाले कुसुम कार्की गगन थापाको रोजाइमा पर्ने करिव निश्चित जस्तै छ। त्यसका लागि उनि तयार भैसकेको समेत आभास भएको छ। तर उनको प्रतिष्पर्धीको रुपमा नेकपा एमालेले कस्तो उम्मेदवार उठाउँछ भन्ने कुराले बिशेष महत्व राख्दछ। आफ्नो पकड क्षेत्र मानिएको प्रदेश (ख) मा डा राजन भट्टराईले कसलाई उम्मेदवार बनाउँछन् त्यस कुराले पनि कुसुम कार्कीको राजनीतिक भबिस्य निर्धारण गर्ने देखिन्छ।


Published :१९ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media