७०० रुपैयाँ बढ्यो सुनको मूल्य

राष्ट्रपाटी न्युज

साउन २०, २०७९

काठमाडौँ । सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

महासङ्घका अनुसार बिहीबार ९६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार तोलामा ७०० रुपैयाँले बढेर ९६ हजार ८०० रुपैयाँमा किनबेच भइरहेको छ। यस्तै तेजाबी सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

 


Published :साउन २०, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media