थप ६६० जनामा कोरोना संक्रमण, एकजनाको मृत्यु

राष्ट्रपाटी न्युज

२१ श्रावण २०७९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६६० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ६८२ परीक्षणमा ६६० जना संक्रमित थपिएका हुन् ।

एक हजार ९४२ पीसीआर परीक्षणमा ३२६ र दुई हजार ७४० एन्टिजेन परीक्षणमा ३३४ जना गरी ६६० जना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु भएको छ भने संक्रमणमुक्त हुनेको संख्या ४४४ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ६४१ रहेको छ ।

सक्रिय संक्रमितमध्ये पाँच हजार ४७१ जना होम आइसोलेसनमा र १७० जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ४६ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ ।


Published :२१ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media