चुनावका लागि आजदेखि दल दर्ता सुरु, यस्ता चाहिन्छ कागजात (सूचीसहित)

राष्ट्रपाटी न्युज

२२ श्रावण २०७९

काठमाडौँ । प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आजदेखि साउन ३१ गतेसम्म दल दर्ताको समय तोकिएको बताए । निर्वाचनमा प्रत्यक्षतर्फ र समानुपातिकतर्फ भाग लिनका लागि दल दर्ता गर्नुपर्छ।

साउन १९ गतेसम्म दर्ता कायम रहेका दलहरूले निर्वाचनका लागि दल दर्ता गर्न निवेदन दिन सक्नेछन्। दल दर्ता गर्न सार्वजनिक बिदाका दिन पनि कार्यालय खुला हुनेछ।

दल दर्ताको निवेदन दिंदा राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल, वेबसाइट र सामाजिक सन्जालको खाता समेत खुलाउनुपर्नेछ ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपी, विधान, नियमावली, घोषणा पत्रलगायत कागजात संलग्न हुनुपर्छ ।

दल दर्ताका लागि चाहिने आवश्यक कागजात यस्ता छन्ः

 


Published :२२ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media