पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाइयोस् : एमाले

राष्ट्रपाटी न्युज

२२ श्रावण २०७९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले दुई दुई पटक भारतीय आयल निगमले मूल्य घटाएर पठाउँदा पनि सरकारले मूल्य नघटाएको आरोप लगाए ।

भारतबाट मूल्य बढाएर पठाउँदा मूल्य बढाउने सरकारले अहिले दुई दुई पटक मूल्य घटेर आउँदा मूल्य नघटाएको भन्दै उनले आपत्ति प्रकट गरे ।

उनले भने- ‘मूल्य बढेर आउँदा जनतालाई मूल्यभार थोपर्ने सरकारले अहिले दुई दुईपटक घटेर आउँदा मूल्य घटाइएको छैन, तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाइयोस् ।’

मूल्य बढाउने र भाउ घट्दा मूल्य नघटाएर नेपाल आयल निगमप्रति जनताको विश्वास घटाएर निजी क्षेत्रलाई पेट्रोलियम पदार्थ आयातको जिम्मा दिने तयारी सरकारले गरेको सांसद ज्ञवालीले बताए । जस कारण भाउ बढाइरहेको सरकारले अहिले मूल्य नघटाएको उनको भनाइ छ ।

 


Published :२२ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media