एमालेको प्रश्नः कामचलाउ सरकारले सदनलाई बिजनेस दिन मिल्छ ?

राष्ट्रपाटी न्युज

२२ श्रावण २०७९

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनाव घोषणासँगै सरकार कामचलाउ भएको बताएको छ ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले ढिलै भए पनि चुनावको मिति घोषणा गरेकोमा धन्यवाद दिए ।

चुनाव घोषणापछि पनि संसद चलाइरहेको भन्दै उनले प्रश्न गरेका छन्, ‘कामचलाउ सरकारले सदनलाई बिजनेस दिन मिल्छ ?’ सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने निर्णय गरेको छ ।

रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग पनि कार्यसूचीमा देखेको भन्दै उनले असन्तुष्टि जनाए । २९ फागुनमा दर्ता भएको सामान्यत महाअभियोग दर्ता भएको तीन महिनामा टुंगो लाग्ने भएपनि सरकारले राजनीतिक प्रतिशोध राखेर संसदमा प्रस्ताव नै नल्याएको बताए ।

उनले अब सरकारले नियमित ढंगले बिजनेस दिएर संसद चलाउनु उचित नहुने समेत बताए ।


Published :२२ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media