थप ५५३ जनामा कोरोना संक्रमण, ४३३ जना संक्रमणमुक्त

राष्ट्रपाटी न्युज

२२ श्रावण २०७९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५५३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् भने कसैको पनि मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८९ परीक्षणमा ५५३ जना संक्रमित थपिएका हुन् ।

जसमध्‍ये २ हजार ४० जनाको पीसीआर परीक्षणमा ४५१ र १ हजार ७४९ जनाको एन्टिजेन परीक्षणमा १०२ जना गरी ५५३ जना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६५९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४३३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार ५ हजार ५०७ जना होम आइसोलेसनमा रहेका छन् भने १५२ जना संस्थागत आइसोलेसन र ४५ जना आईसीयूमा छन् ।

यस्तै ३ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३४ हजार ७३८ पुगेको मन्त्रालयले जनाएको छ ।


Published :२२ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media