स्थानीय चुनावलाई आधार बनाएर सिट बाँडफाँट गर्नुपर्नेमा कांग्रेस नेताहरुको जोड

राष्ट्रपाटी न्युज

२३ श्रावण २०७९

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले देशभर जित्ने गरी तालमेल गर्नुपर्नेमा जोड दिएका छन् ।

सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक बस्नुअघि कांग्रेसले सोमबार विहान पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक राखेको थियो । प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा नेताहरुले अधिकांश स्थानमा गठबन्धनका उम्मेदवार जित्ने गरी तालमेल गर्नुपर्नेमा जोड दिएका हुन् ।

बैठकमा सहभागी एक नेताले भने- ‘कसले कति सिट पायो भन्दा पनि गठबन्धनका उम्मेदवारलाई कसरी विजय गराउने भन्नेमा ध्यान दिनुपर्छ भन्ने मत छ।’

बैठकमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले भने यसबारे केही बोलेनन् । नेताहरुले भने २०७४ को चुनाव र वैशाख २०७९ मा भएको स्थानीय चुनावलाई आधार बनाएर सिट बाँडफाँट गर्नुपर्नेमा जोड दिएका थिए ।


Published :२३ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media