काठमाडौं क्षेत्र नं ४(ख) मा उषा किरण भण्डारी ?!!!!!

राष्ट्रपाटी न्युज

२३ श्रावण २०७९

काठमाडौं । सरकारले आगामी मङ्सिर ४ गते आमनिर्वाचनको घोषणा गरे संगै देशभर निर्वाचनको माहोल तातेको छ । काठमाडौं जिल्लाको क्षेत्र नं ४ पनि बिबिध कारण विशेष चर्चामा छ।नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेकपा एमालेका स्थाई कमिटि सदस्य डा राजन भट्टराई बीच रोचक प्रतिष्पर्धा हुने करिव निश्चित भएर पनि होला, यस क्षेत्रमा चुनावी रौनक बढी नै देखिएको छ । संघीय साम्सदको लागि मात्र होइन, प्रदेश सभामा समेत दावेदारहरुको लिष्ट लामो बनेको छ। नेपाली कांग्रेस गठबन्धन सहित अगाडी बढ्ने करिव निश्चित भएपछी क्षेत्र नं ४ (ख ) मा एकीकृत समाजबादीबाट कुशुम कुमार कार्कीले टिकट पाउने करिव निश्चित नै छ। त्यसैले नेपाली कांग्रेसबाट प्रदेश (ख) मा टिकट दावी गर्न सबै कांग्रेसी नेताहरु तै चुप मै चुप को अबस्थामा छन् ।

तर नेकपा एमालेमा भने परिश्थिति फरक छ। संघीय साम्सदमा स्थाई कमिटि सदस्य डा राजन भट्टराई निश्चित जस्तै भएपछी प्रदेश क्षेत्रमा धेरै दावेदारहरु देखिदै छन्। अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित कुशुम कुमार कार्की एकीकृत समाजवादी तिर लागेपछि प्रदेश (ख) मा नयाँ उम्मेदवारको खोजि नेकपा एमाले र डा राजन भट्टराईका लागि टाउको दुखाइको विषय भएको छ।

यसैबिच नेकपा एमालेका एक स्थानीय नेताले मदन भण्डारी एबम हालका राष्ट्रपति बिद्यादेवी भण्डारी पुत्री उषा किरण भण्डारी यस प्रदेश क्षेत्रको उपयुक्त उम्मेदवार भएको दावी गरेका छन्। हाल नेकपा एमालेको बिभिन्न पदमा आवद्द रहेर उनि राजनीतिमा सक्रिय छिन्। देशभर ठुलो नेटवर्क रहेको मदन भण्डारी फ़ाउण्डेशन कि केन्द्रिय अध्यक्ष रहेकी उनि नेकपा एमाले काठमाडौं जिल्ला कमिटि सदस्य एबम स्कुल बिभाग प्रमुख पनि हुन्। बेलामा बेलामा एमाले भित्र बिबिध राजनीतिक परिस्थितिमा उनको नाम बैकल्पिक नेतृत्वको रुपमा आउने गरेको छ ।

नेपालमा बहुदलीय व्यबस्था स्थापना भएपछी यहि आसपासको क्षेत्रबाट उनका पिता मदन भण्डारी निर्वाचित भएका थिए भने उनकी माता एबम हालकी राष्ट्रपति विद्यादेवी भण्डारी यस क्षेत्रबाट पटक पटक निर्वाचित भएकी थिइन्। मदन भण्डारीको बिशेष क्षेत्र भएर पनि उनलाई यस क्षेत्रबाट निर्वाचित हुन सजिलो हुने एकजना राजनीतिक विश्लेषक बताउंछन् । उनका अनुसार हाल राजनीतिमा सक्रिय उनका लागि आफ्ना माता पिताको राजनीतिक योगदान रहेको यस निर्वाचन क्षेत्रले अझ उज्ज्वल राजनीतिक भविश्य निर्माणमा टेवा पुर्याउने देखिन्छ भने क्षेत्र नं ४ प्रदेश निर्वाचन क्षेत्रहरुमा उम्मेदवार चयनमा नेकपा एमाले र डा राजन भट्टराईलाइ सहज हुने देखिन्छ।


Published :२३ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media