एमालेले आज आयोगमा दल दर्ता गर्ने

राष्ट्रपाटी न्युज

२४ श्रावण २०७९

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको छ ।  ।

पार्टीका केन्द्रीय सदस्य एवं निर्वाचन विभागका उपप्रमुख निरज आचार्यका अनुसार आज दिउँसो पार्टीका शीर्ष नेताहरूको उपस्थितिमा एमालेले आयोगमा दल दर्ता गर्ने कार्यक्रम तय भएको छ ।

आचार्यले दिएको जानकारी अनुसार दल दर्ताका लागि उपाध्यक्षहरू युवराज ज्ञवाली,अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल उपमहासचिवहरू प्रदिप ज्ञवाली र सचिवहरू सहितको टोली आयोग कार्यलयमा जानेछ । निर्वाचन प्रयोजनका लागि आयोगले आइतबारदेखि दल दर्ता खुला गरेको थियो ।


Published :२४ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media