सयपत्री हाइड्रोको आइपीओ बाँडफाँड

राष्ट्रपाटी न्युज

२४ श्रावण २०७९

काठमाडौं । सयपत्री हाइड्रोपावरको आइपीओ मंगलबार बाँडफाँड भएको छ । यसमा गोला प्रथामार्फत ६७ हजार ५८ जना सर्वसाधारणले सेयर पाएका छन् ।

जसमध्ये ६ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् । यो आइपीओमा कुल १४ लाख १३ हजार ५७२ जनाले आवेदन दिएकामा एक हजार १०४ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जानकारी गराएको छ ।

सयपत्रीले १३ देखि १७ साउनसम्म आयोजना प्रभावित स्थानीयले नकिनेको एक लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल सात लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गरेको थियो। यसमध्ये ३६ हजार ५३ कित्ता सेयर समूहिक लगानी कोष र १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ६ लाख ७० हजार ५८६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिएका थिए ।

लगानीकर्ताले एनआइबीएल एस क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।


Published :२४ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media