एकै दिन थप १०९० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

राष्ट्रपाटी न्युज

२४ श्रावण २०७९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा अर्थात् एकै दिन ६ हजार ३०० जनाको परीक्षणमा १०९० जना कोरोना संक्रमित थपिएका छन् ।

२ हजार ९५८ जनाको पीसीआर परीक्षण गर्दा ६५० जना र ३ हजार ३४२ जनाको एन्टिजेन परीक्षण गर्दा ५३० जना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ८०६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४३८ जना संक्रमणमुक्त भएका छन् ।

जसमध्‍ये ५ हजार ५९३ जना होम आइसोलेसनमा रहेका छन् भने २१३ जना संस्थागत आइसोलेसन र ६१ जना आईसीयूमा छन् । यस्तै ७ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको छ ।

यस्तै १० वर्षमुनिका ६ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११देखि २० वर्ष उमेर समूहका ४० जना कोरोना संक्रमित थपिएका छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३६ हजार ७६२ पुगेको मन्त्रालयले जनाएको छ ।


Published :२४ श्रावण २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media