काठमाडाैं क्षेत्र नं ३ मा कृष्ण राइ रेड जोनमा !!

राष्ट्रपाटी न्युज

२४ श्रावण २०७९

काठमाडाैं । सरकारले आगामी मङ्सिर ४ गते आमनिर्वाचनको घोषणा गरे संगै देशभर निर्वाचनको माहोल तातेको छ । काठमाडौं जिल्लाको क्षेत्र नं ३ पनि बिबिध कारण विशेष चर्चामा छ। अघिल्लो निर्वाचनमा नेकपा एमालेका केन्द्रिय कमिटि सदस्य कृष्ण राई र नेपाली कांग्रेसकि नेत्री अम्विका बस्नेत बीच प्रतिष्पर्धा भएको यस क्षेत्रमा चुनावी रौनक बढी नै देखिएको छ ।

निर्वाचन आयोगको मतपरिणाम अनुसार २०७४ सालको निर्वाचनमा नेकपा एमालेका कृष्ण राईले १९,१७९ मत प्राप्त गरि बिजयी भएका थिए भने निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकि नेत्री अम्विका बस्नेतले १४,८८४ मत प्राप्त गरेका थिइन्। यसरि हेर्दा नेकपा एमालेका राइ ४,२९५ मतले अगाडी थिए। त्यस्तै सो निर्वाचनमा विवेकशील साझा पार्टीकी सुमित्रा सिंह लामाले २,२०५ मत प्राप्त गरेकी थिइन् भने नेकपा मालेका राजकुमार बिस्टले ४०८ मत प्राप्त गरेका थिए।

तर अहिले करिव ५ बर्ष पछि परिश्थिति फरक देखिएको छ। भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा यस क्षेत्रमा रहेका तिन स्थानीय तहका १३ वटा वडा मध्य ७ वटा वडाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी बनेका छन् भने ५ वटा वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् ।निर्वाचन आयोगको मत परिणाम अनुसार काठमाण्डौ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका वडाध्यक्षहरुले कुल १५,७९५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका वडाध्यक्ष उम्मेदवारहरुले १४,८७४ मत प्राप्त गरेका छन्। काठमाण्डौ क्षेत्र नं ३ मा नेकपा एमाले भन्दा बलियो देखिएको नेपाली कांग्रेस ९२१ मतले अगाडी देखिएको छ।

त्यति मात्र होइन, हालको अबस्थामा नेपाली कांग्रेस ,माओबादी केन्द्र र एकीकृत समाजबादी बीच गठबन्धन हुने करिव निश्चित भएको अबस्था छ। यस क्षेत्रमा नेकपा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवारहरुले १,७६२ नेकपा एकीकृत समाजवादीले १,०२४ र राप्रपाका वडाध्यक्ष उम्मेदवारहरुले कुल मत १,३१४ प्राप्त गरेका छन् ।

वडाध्यक्षहरुको मतलाई थप आंकलन गर्दा गठबन्धन दलहरुको जम्मा मत १८,५८१ हुन आउँछ। त्यसरी हेर्दा एमाले ३,७०७ मतले पछाडी देखिन्छ। यदि एमालेले राप्रपा संग गठबन्धन गरेमा जम्मा मत १६,१८८ हुन आउँछ त्यसो गर्दा पनि एमाले राप्रपा गठबन्धन अर्को गठबन्धन भन्दा २,३९३ मतले पछाडी देखिन्छ।

त्यसैले स्थानीय तहमा वडाध्यक्षहरुले प्राप्त गरेको मतलाइ हेर्दा आगामी निर्वाचनमा नेकपा एमालेबाट यस क्षेत्रमा सम्भावित उम्मेदवार कृष्ण राइ कम्जोर देखिएदै रेड जोनमा परेका छन् ।
बाँकी सबै समयको गर्वमा छँदैछ।


Published :२४ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media