एकै दिन कोरोनाबाट थप ३ जनाको मृत्‍यु, ८६८ जना थपिए नयाँ संक्रमित

राष्ट्रपाटी न्युज

२५ श्रावण २०७९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा अर्थात् एकै दिन कोरोना संक्रमणबाट ३ जनाको मृत्‍यु भएको छ भने ८६८ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७०५ जनाको परीक्षणमा ८६८ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ६१४जनाको पीसीआर परीक्षण गर्दा ४९६ जना र ३ हजार ९१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७२ जना संक्रमण थपिएका हुन् ।

यस्तै बुधबार कोरोना सक्रिय संक्रमितको संख्या ८ हजार ८८५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१४ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।


Published :२५ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media