अर्थसचिवको जिम्मेवारी कृष्णहरि पुष्करलाई

राष्ट्रपाटी न्युज

२६ श्रावण २०७९

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवको जिम्मा कृष्णहरि पुष्करलाई दिएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुष्करलाई अर्थसचिव नियुक्तिको निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि मन्त्रिपरिषदको बैठकले तत्कालिन अर्थ सचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्दै पुष्करलार्ई तत्कालका लागि भन्दै अर्थ चिवको जिम्मेवारी दिएको थियो ।

मन्त्रिपरिषद बैठकले राजस्व सचिवको जिम्मेवारी रामेश्वर दंगाललाई दिएको एक मन्त्रीले जानकारी दिए ।

 


Published :२६ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media