थप ७८१ जनामा कोरोना संक्रमण, २ जनाको मृत्‍यु

राष्ट्रपाटी न्युज

२७ श्रावण २०७९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७८१ जना कोरोना संक्रमित थपिएका छन् भने २ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको परीक्षणमा ७८१ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार २१९ जनाको पीसीआर परीक्षण गर्दा ४१९ जना र २ हजार ४२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जना संक्रमित थपिएका हुन् ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ७७५ पुगेको छ । पछिल्लो २४ घण्टामा ५११ जना संक्रमणमुक्त भएका छन् ।

जसमध्‍ये ५ हजार ५६५ जना होम आइसोलेसनमा रहेका छन् भने २१० जना संस्थागत आइसोलेसन र ६३ जना आईसीयूमा छन् ।

यस्तै ८ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३९ हजार २२६ पुगेको मन्त्रालयले जनाएको छ ।


Published :२७ श्रावण २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media