कांग्रेसले दियो मुख्यसचिव कृष्णप्रसाद पौडेललाई आयोगमा दल दर्ताको जिम्मेवारी

राष्ट्रपाटी न्युज

२८ श्रावण २०७९

काठमाडौँ । नेपाली कांग्रेसले प्रादेशिक र संघीय निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ताको जिम्मेवारी मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दल दर्ताको जिम्मेवारी मुख्य सचिव पौडेललाई दिने निर्णय गरेको हो ।

बैठकमा सहभागी सहमहामन्त्री जीवन परियारले निर्वाचन प्रयोजनका लागि दल दर्ताको जिम्मेवारी मुख्य सचिव पौडेललाई दिने निर्णय गरिएको बताए ।


Published :२८ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media