काठमाडौं क्षेत्र नं ४(ख)का समाजबादीहरु होटल वाटर टावर नुवाकोटमा

राष्ट्रपाटी न्युज

२८ श्रावण २०७९

काठमाडौं । सरकारले आगामी मङ्सिर ४ गते आमनिर्वाचनको घोषणा गरे संगै देशभर निर्वाचनको माहोल तातेको छ । काठमाडौं जिल्लाको क्षेत्र नं ४ पनि बिबिध कारण विशेष चर्चामा छ।नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेकपा एमालेका स्थाई कमिटि सदस्य डा राजन भट्टराई बीच रोचक प्रतिष्पर्धा हुने करिव निश्चित भएर पनि होला, यस क्षेत्रमा चुनावी रौनक बढी नै देखिएको छ। संघीय साम्सदको लागि मात्र होइन, प्रदेश सभामा समेत दावेदारहरुको लिष्ट लामो बनेको छ।

यसै सन्दर्भमा केन्द्रिय स्तर देखि नै गठबन्धन बन्ने र यसको आधार निर्वाचन क्षेत्रमा पहिले जो निर्वाचित छ उसैको हक लाग्ने भन्ने भएपछी काठमाडौं जिल्लाको क्षेत्र नं ४ (ख )मा एकीकृत समाजबादीबाट कुशुम कुमार कार्कीले टिकट पाउने करिव निश्चित भएको छ । यस क्षेत्रमा नेपाली कांग्रेसका कोहि पनि दावेदारका रुपमा देखा पर्ने आँट गरेका छैनन्। स्रोतका अनुसार नेपाली कांग्रेसका महामन्त्री एबम यस क्षेत्रका सम्भावित संघीय साम्सद पदका उम्मेदवार गगन थापाले कसैलाई पनि उम्मेदवारी घोषणा नगर्न कडा निर्देशन गरेका छन्। केहि समय अघि नेपाली कांग्रेसका एक स्थानीय नेताले एक अनलाइन मार्फत उम्मेदवारी दावी गर्दा गगन थापाले उनलाई राम्रै संग झाँको झारेको खबर बाहिरिएको थियो।

यसरि हेर्दा गगन थापा गठबन्धन गर्न र कुसुम कार्कीलाई उम्मेदवार बनाएर आफू सुरक्षित हुन् चाहन्छन भन्ने कुरा पुष्टि भएको छ। आफू उम्मेदवार बन्ने करिव निश्चित भैसकेका एकीकृत समाजबादीका केन्द्रिय सदस्य एबम जिल्ला कमिटि काठमाडौंका अध्यक्ष कुशुम कार्कीले समाजबादीहरुको क्षेत्र (ख )स्तरीय आबासीय भेला नुवाकोट स्थित होटल वाटर टावरमा राखेका छन्। काठमाडौं जिल्लाको क्षेत्र नं ४ (ख) का सबैजसो एकीकृत समाजबादी सक्रिय समर्थकहरुको उपस्थिति सामाजिक संजाल मार्फत देख्न सकिन्छ। पार्टीको आबासीय भेला भनिएपनि रिफ़्रेश्मेण्ट सहितको बिशेष रमाइलो प्याकेज भएको एकजना सहभागीले बताएका छन्।

 


Published :२८ श्रावण २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media