थप २६३ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

राष्ट्रपाटी न्युज

२८ श्रावण २०७९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार १६५ परीक्षणमा २६३ जना संक्रमित थपिएका हुन् ।

एक हजार ३९९ पीसीआर परीक्षणमा १६२ जना र एक हजार ७६६ एन्टिजेन परीक्षणमा १०१ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ५०१ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


Published :२८ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media