केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीसहित माओवादीका दर्जनौँ नेता-कार्यकर्ता एमाले प्रवेश

राष्ट्रपाटी न्युज

३० श्रावण २०७९

काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री राम सिंह यादवसहित सो पार्टीका दर्जनौँ नेता- कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । माओवादीका ३५ जना विभिन्न कमिटीमा क्रियाशील अगुवा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका हुन् । नेकपा एमाले केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा उनीहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पार्टी प्रवेश गराएका हुन् ।

एमाले प्रवेश गर्ने माओवादी केन्द्रका कार्यकर्ताहरूमा शिवकुमार कापर (मधेश प्रदेश कमिटी सदस्य), सकलदेव रजक (मधेश प्रदेश कमिटी सदस्य), धनुषा जिल्ला कमिटी सदस्यहरू फुलसिंह यादव, भोला यादव, रामबाबु राय, सोनफी साह, श्रीनारायण कुँवर, रामभिखारी रायलगायत रहेका छन् । उनीहरूसँगै समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य अनिल कुमार घिमिरे पनि एमालेमा प्रवेश गरेका छन् ।

त्यस्तै माओवादी केन्द्र धनुषाका नगर कमिटीका सदस्यहरू भरत यादव, राजिवकुमार राय, रोशन मुख्या, जगदीश मुख्या, रामकुमार यादव, देवनारायण पासवान, सरयुग यादव, जनकु अधिकारी, रामएकवाल कुँवर, धनपैत साह पनि एमालेमा प्रवेश गरेका छन् ।

यसैगरी वाइसीएल र स्थानीय तहका कार्यकर्ताहरू जनार्दन प्रसाद उपाध्या, अजय यादव, सनिसा थापा, नितेश मिश्र, कोमद कापर, रामअधार ठाकुर, रानेशकुमार भगत, माधव न्यौपाने, भरतकुमार भण्डल, धर्म सुनार, लक्षमन राई, श्याम राय, प्रितम ठाकुर, मदन ठाकुर, रामदेव राई र जयराम ठाकुर पनि एमालेमा प्रवेश गरेका छन् ।
उनीहरूलाई पार्टीमा स्वागत गर्दै महासचिव शंकर पोखरेलले नेपाली कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति को हो भन्ने कुरा स्थानीय निर्वाचनले निरूपण गरिदिएकाले सानातिना पार्टीमा अलमलिन आवश्यक नरहेको बताए ।

पार्टी प्रवेश कार्यक्रममा विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य गोपाल भण्डारी र सोही पार्टीका टङ्कप्रसाद काफ्ले र मञ्जु भण्डारीलाई पनि एमालेमा स्वागत गरिएको छ ।

महासचिव पोखरेलले वर्तमान गठबन्धन सरकार विकास र समृद्धिको बाधक भएकाले आगामी निर्वाचनमा पराजित गर्नुपर्ने बताउँदै नवप्रवेशीहरूलाई निर्वाचनमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे ।

विवेकशील साझा पार्टीबाट एमालेमा प्रवेश गरेका गणेश भण्डारीले एमालेबाट देश विकास र परिवर्तन सम्भव छ भन्ने लागेर पार्टी प्रवेश गरेको बताए ।

कार्यक्रममा एमाले प्रवेश गरेका माओवादी केन्द्रीय सदस्य रामसिंह यादवले राजनीतिक हुरीवतास चलेको समयमा माओवादी केन्द्रमा लागेर गल्ती गरेको भन्दै यादवले नेपालका कम्युनिष्टहरूलाई एकताबद्ध गरेर देश समृद्ध बनाउन एमालेले मात्र सक्छ भन्ने  निष्कर्षमा आफू पुगेको बताए ।


Published :३० श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media