थप ८८८ जनामा कोरोना संक्रमण, ४७४ संक्रमणमुक्त, एकजनाको मृत्यु

राष्ट्रपाटी न्युज

३० श्रावण २०७९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८८८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ७३७ परीक्षणमा ८८८ जना संक्रमित थपिएका हुन् ।

तीन हजार १५५ पीसीआर परीक्षणमा ४२७ जना र दुई हजार ५८२ एन्टिजेन परीक्षणमा ४६१ जना गरी ८८८ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४७४ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट एकजनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ३८७ जना रहेका मन्त्रालयले जनाएको छ ।


Published :३० श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media