शेखर पक्षले देउवाको एकलौटीविरुद्ध खबरदारी सभा गर्ने

राष्ट्रपाटी न्युज

३० श्रावण २०७९

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संस्थापन पक्षविरुद्ध खबरदारी सभा गर्ने भएका छन् ।

भ्रातृ संस्थाको अध्यक्षमा पार्टी सभापतिले एकलौटी गरेको विरोधमा खबरदारी सभा गर्न लागिएको नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री युवराज पाण्डेले बताए ।

उनले भने- ‘पार्टी र भ्रातृ संस्थाको मनोनित गर्ने पदमा संस्थापन पक्षले एकलौटी गर्दै गएको छ । त्यसको विरुद्धमा सभा गर्न लागेका हौं, भदौ १ मा खबरदारी सभा गरिने भएको छ ।’

भ्रातृ संस्थामा शेखर निकट रहेकाहरुले संयुक्त रुपमा विरोध सभा गर्न लागेका हुन् । शेखर पक्षीय नेपाल विद्यार्थी संघ, तरुण दल र महिला संघले विरोध सभा आयोजना गरेका छन् । सभामा आफ्नो समूहका दोस्रो तहका नेता साथै भ्रातृ संस्थाका नेताहरुले सम्बोधन गर्ने पाण्डेले बताए ।

 


Published :३० श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media