थप ८ ४८ जनामा कोरोना संक्रमण, एकको मृत्यु

राष्ट्रपाटी न्युज

३१ श्रावण २०७९

काठमाडौं । नेपालमा थप ८ सय ४८ जना कोरोना संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ७ सय २२ पिसिआर परिक्षणका क्रममा ३ सय ९९ जना र २ हजार ८ सय ९७ एन्टीजेन परिक्षणका क्रममा ४ सय ४९ जनामा कोरोना संक्रमण भएको हो ।
कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने थप ५ सय २६ संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । हाल नेपालमा ५ हजार २ सय ५९ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।


Published :३१ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media