माओवादी केन्द्रका युवाहरूको ठूलै समूह एमालेमा प्रवेश

राष्ट्रपाटी न्युज

३१ श्रावण २०७९

महोत्तरी । माओवादी केन्द्रमा आबद्ध महोत्तरीका युवाहरूको ठूलो समूह नेकपा एमालेमा प्रवेश गरेको छ ।

युवा नेता तथा मधेस प्रदेश वाइसीएलका इन्चार्ज शङ्कर महतो, जिल्ला इन्चार्ज मनोज थापासहित युवाहरूको ठूलो समूह आज नेकपा एमालेमा प्रवेश गरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा आज एक कार्यक्रमकाबीच उनीहरुलाई प्रवेश गराएका हुन् ।

प्रवेश गर्नेहरूमा बर्दिबासका स्थानीय नेता नीरज अधिकारी, रामगोपालपुर र गौशालाबाट समेत झण्डै १ दर्जन युवाहरूलाई अध्यक्ष ओलीले खादा र सिन्दुर लगाएर प्रवेश गराए ।

निर्वाचन नजिकिँदै गर्दा युवाहरूको ठूलो समूह प्रवेश गर्नुलाई महत्त्वपूर्ण ढङ्गले हेरिएको छ । पार्टीले क्षमता भएका युवाहरूलाई निषेध गरेको हुनाले नेकपा एमाले रोजेको उनीहरूको भनाइ छ ।


Published :३१ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media