आयोगले आजबाट सबै दलको निवेदनउपर जाँच सुरु गर्ने

काठमाडौं । निर्वाचन आयोगले दर्ताका लागि निवेदन दिएका सबै दलको निवेदनउपर आज (बुधबार)बाट जाँच सुरु गर्ने भएको छ ।

दलहरूले दिएका निवेदनउपर आयोगले जाँच गरी निर्वाचनमा भाग लिन योग्य भएको ठहर गर्नेछ । दल दर्ताको निवेदन दिएका सबै दलहरूको जाँचपरक गर्ने, हेर्ने, कानुनबमोजिम छन् कि छैनन् ? प्राप्त गर्नुपर्ने सबै कागजात छ कि छैन भन्ने कुराको परीक्षणपछि दर्ताका लागि आयोगमा पेश गर्ने काम सुरु हुने प्रवक्ता शालिकराम शर्मा पौडेलले बताए ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ८४ वटा राजनीतिक दलले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

आयोगले निर्णय गरेपछि, कानुनसम्मत आयोगले ठहर गरेको खण्डमा आगामी निर्वाचन प्रयोजनका लागि दलहरू दर्ता हुने उनको भनाइ छ ।

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा गर्ने घोषणा गरेको छ । मतदाता नामावली अद्यावधिकको काम अहिले ७७ वटै जिल्लामा भइरहेको प्रवक्ता पौडेलले बताए ।


Published :१ भाद्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media