कार्यविधि बनाउने महाअभियोग सिफारिस समितिको निर्णय

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोग छानबिन गर्न बनेको महाअभियोग सिफारिस समितिले कार्यविधि बनाउने निर्णय गरेको छ ।

बुधबार संसद सचिवालय सिंहदरबारमा बसेको बैठकले संसदको काम गर्ने समय धेरै नभएकोले छिटो काम सम्पन्न गर्न अध्ययन गर्ने कार्यविधि र समय तालिका बनाउनका संसद सचिवालयलाई जिम्मा दिने निर्णय भएको समितिका एक सदस्यले जानकारी दिए । अर्को बैठकमा समितिको सदस्य चयन गर्ने बारेमा पनि छलफल भएको छ ।

उनका अनुसार बैठकमा कार्यतालिका प्रस्तुत गर्ने, त्यसका लागि संसद सचिवालयले कार्यतालिका तयार गर्ने, त्यसपछि कसरी काम गर्ने भनेर कार्यविधि बनाउने, कार्यविधिमाथि छलफल गरेर आउने बैठकमा पास गर्ने, समिति सभापति चयन गर्नेलगायतका विषयमा छलफल भएको छ ।  बैठकमा केही सदस्य नआएका कारण सभापति चयन गर्ने काम अर्को बैठकका लागि सारिएको बताइएको छ । बैठकमा काम ढिलो सुरु भएको र समयमै सक्ने बारेमा चुनौती रहेको विषय सांसदहरुले उठाए । बैठकमा सहभागी सदस्यहरुले कसरी काम छिटो गर्न सकिन्छ सो प्रक्रियाबाट जानुपर्नेमा जोड दिएका थिए ।

गत फागुन १ गते प्रधानन्यायाधीश राणामाथि २१ वटा आरोपसहित महाभियोग प्रस्ताव दर्ता गरिएको थियो । गत फागुन २२ गते महाभियोग सिफारिस समिति बनेको थियो । समितिमा ११ सदस्य रहेका छन् ।


Published :१ भाद्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media