थप ८५२ जनामा कोरोना संक्रमण, ३२८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८५२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८८३ जनाको परीक्षणमा ८५२ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ८७६ जनाको पीसीआर परीक्षण गर्दा ५३१ जना र २ हजार ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा ३२१ जना संक्रमित थपिएका हुन् ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ४६२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३२८ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।


Published :१ भाद्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media