पूर्वमन्त्रीसहित जसपाका दर्जनौँ नेता–कार्यकर्ता एमालेमा प्रवेश

काठमाडौँ । जनता समाजवादी पार्टीका उपाध्यक्ष तथा पूर्व उद्योगमन्त्री हेमराज राईसहित केन्द्रीय तहका २३ नेता एमाले प्रवेश गरेका छन् ।

उनीहरूसँगै केन्द्रीय संघीय परिषद्का १० सदस्य, ११ जना प्रदेश समितिका पदाधिकारी र सदस्य, जनसंगठनका ११ पदाधिकारी र जिल्ला नेतृत्व तहका ४५  नेता–कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

राईसहित जसपाका सबै नेता–कार्यकर्तालाई एमाले अध्यक्ष केपी ओलीले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा स्वागत गरे । भोजपुरका पूर्वमन्त्री राईले ०६९ मा अशोक राईसँगै एमाले परित्याग गरेका थिए । उनी तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा ०५५ सालमा उद्योगमन्त्री भएका थिए ।

जसपाका केन्द्रीय सदस्यहरू शान्तकुमार प्रधान, भूराज राई, सबिना अर्याल, रामसिंह राई, चन्द्रविक्रम राई, उमेश थापा, पवित्रा तिमल्सिना, कर्णबहादुर रतौकी, सुनील विश्वकर्मा, शंकरबहादुर सार्की पनि एमालेमा प्रवेश गरेका छन् ।

त्यस्तै, केन्द्रीय विज्ञ परिषद् सदस्य थामाङसिंह याम्फु राई, समाजवादी ट्रेड युनियन महासंघका महासचिव तथा निर्वाचन आयोग सदस्य डिबी सरोज राई तथा केन्द्रीय संघीय परिषद्का १० जना सदस्य एमाले प्रवेश गरेका छन् ।

त्यस्तै, केन्द्रीय विज्ञ परिषद् सदस्य थामाङसिंह याम्फु राई, समाजवादी ट्रेड युनियन महासंघका महासचिव तथा निर्वाचन आयोग सदस्य डिबी सरोज राई तथा केन्द्रीय संघीय परिषद्का १० जना सदस्य एमाले प्रवेश गरेका छन् ।

नेकपा एमाले प्रवेश गरेका पूर्वमन्त्री हेमराज राईले सत्ता गठबन्धन लक्ष्यहीन र दिशाहीन बनेको बताए । पार्टी प्रवेश कार्यक्रमले राईले लोकतन्त्र बलियो बनाउन सिद्धान्तनिष्ठ राजनीति आवश्यक पर्ने बताए । सिद्धान्तहीन र लक्ष्यहीन गठबन्धनले दिशाहीन बनाएको उनले बताए ।


Published :१ भाद्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media