दार्चुलामा जीप दुर्घटनाः ५ जनाको मृत्यु, ८ जना घाइते

दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।

गोकुलेश्वरबाट दार्चुलाका लागी छुटेको से १ ज–५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ स्थित उल्लानीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी ५ जनाको घटना स्थलमै मृत्यु भएको र ८ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

मृत्यु हुनेमा ४ जना पुरुष र १ महिला रहेपनि उनीहरुको पहिचान नभएको प्रहरी कार्यालयले जनाएको छ । जीपको ब्रेक फेल भएर दुर्घटना भएको अनुमान गरिएको भए पनि यकिन विवरण भने आएको छैन ।

दुर्घटनामा परी जीप चालक र सह–चालक सहति ८ जना घाइते भएका र उनीहरुको जिल्ला अस्पताल गोकुलेमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप सडकबाट करिब २ सय ५० मिटर तल खसेको जनाइएको छ ।


Published :१ भाद्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media