माओवादीले आज पदाधिकारीको नाम टुंग्याउने 

काठमाडौँ । माओवादी केन्द्रले आज पदाधिकारीको टुंगो लगाउने भएको छ । यसका लागि करिब-करिब पार्टीमा सहमति भइसकेको माओवादी केन्द्रले जनाएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले अपूर्ण रहेका केन्द्रीय कमिटी, पोलिटव्यूरो र स्थायी कमिटीमा सदस्यहरू थप्ने विषयमा छलफल भएको थियो ।

केन्द्रीय कमिटी, पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी आज बस्ने पार्टी स्थायी कमिटी बैठकले टुङ्गो लगाउने पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताएका छन् ।

प्रवक्ता महराका अनुसार बैठक बिहान ९ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । माओवादीमा अध्यक्षबाहेक अन्य पदाधीकारी चयन हुन सकेको छैन । अन्य कमिटीहरुले पनि पूर्णता पाउन सकेको छैन ।


Published :२ भाद्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media